मंसिर १२ गतेदेखि हेटौंडामा टी–१० क्रिकेट प्रतियोगिता हुँदै

हेटौंडामा टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आइतबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको सह–संयोजक प्रमोद मानन्धरले सो बारे जानकारी गराएका हुन् ।

-------------- बिज्ञापन ---------------

मकवानपुर जिल्ला क्रिकेट संघको सहयोगमा हुने सो प्रतितोगिता यही मंसिर १२ गतेदेखि १५ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा बागमती प्रदेश र मधेश प्रदेशबाट १६ वटा समूहले सहभागिता जनाउने सह–संयोजक मानन्धरले बताए । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल नेपाल स्टार क्लब र टिमबिल्ट फोर्टबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहानको ८ बजेदेखि सुरु हुने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता समूहले क्रमशः एक लाख रुपैयाँ र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित