राहदानी वितरण आंशिक सुचारु, पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने

राहदानी वितरण राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेपछि गएको बुधवारदेखि काम ठप्प छ । राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको छ ।

-------------- बिज्ञापन ---------------

हिजोदेखि आंशिक रुपमा काम शुरू भएको र पूर्ण रूपमा काम शुरू हुन एक, दुई हप्तासम्म लाग्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार यसअघि नै फारम भरेका सेवाग्राहीलाई राहदानी वितरणको काम शुरू भइसकेको छ ।

एक, दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागले जनाएको छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि क्रमशः सेवा उपलब्ध गराउन शुरू भइसकेको पनि विभागको भनाइ छ ।

राहदानी सेवाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दैस्वदेश र विदेशका उच्चस्तरीय प्राविधिकसहितको टोलीले समस्या समाधानका लागि काम गरिरहेको विभागले जनाएको छ ।

राहदानी वितरणको काम ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

यो पनि पढ्नुहोस्

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने