[t4b-ticker]

हेटौंडा जेसीजको आयोजनामा बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा हेटाैंडा जेसीजकाे आयाेजनामा निःशुल्क आँखा  र स्त्रिराेगसंग सम्बन्धित राेगकाे बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ।

-------------- बिज्ञापन ---------------

शिविरमा ४०४ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये २७ जनामा मोतिबिन्दुको समस्या देखिएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।  उनीहरुको हेटाैंडा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ ।

शिविरमा ७९ जनाले पाठेघर सम्बन्धि परीक्षण गरेका थिए । पाठेघरको मुखमा यौनजन्य समस्या देखिएकाहरुलाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको समेत अध्यक्ष श्रेष्ठले बताए ।

शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग गरेको थियो ।

शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका–३ नम्वर वडाध्यक्ष ढलकबहादुर थापा र टोल विकास समितिका अध्यक्ष रोशन गोलेले शिविर संचालन गर्दा ग्रामीण क्षेत्रमा रहेका जनताको स्वास्थ्य सेवामा ठूलो टेवा पुगेको भन्दै आगामी दिनमा पनि यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

 

जेसीजका विराज गौतमले संयोजन गरेको उक्त कार्यक्रममा महासचिव पंकजदास बानियाँ, पूर्व अध्यक्षहरु, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु