पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गर्नुभयो ।

-------------- बिज्ञापन ---------------

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गर्नु भएको । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिव खुलामा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदिवासी जनजातिमा सविन प्रियासन विजयी हुनुभएको छ ।

सचिव मधेशीमा अशोककुमार तिवारी, सचिव दलिततर्फ प्रकाश धौलाकोटी, एशोसिएटतर्फ बैकुण्ठराज पराजुली विजयी हुनुभएको छ । कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिका अनुसार लेखा समिति संयोजकमा केसी लामिछाने, समितिको सदस्य खुलामा केशवप्रसाद बोहरा, लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेल विजयी हुनुभएको छ । महासङ्घको निर्वाचन गएको मंसिर २८ गते सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने