हेटौँडा–८ मा कमाने दोस्रो कमाने महोत्सव हुने

हेटौँडा–८ स्थित कमानेमा ३ दिने ‘कमाने महोत्सव’ हुने भएको छ । “स्थानिय पर्यटन, स्थानिय सांस्कतिक प्रबर्द्धन, स्थानिय व्यापार प्रदर्शनी ” भन्ने मुल नाराका साथ आगामी पौष ११,१२ र १३ गते सम्म दोस्रो कमाने महोत्सव हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

-------------- बिज्ञापन ---------------

हेटौँडा उपमहानगरपालिका वडा नं. ८ को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा स्थानीय व्यापार, उद्यम र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जनाएको छ । वडा भित्र रहेका २१ वटा बाल समुहहरुको विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि हुने बताइएको छ ।

कार्यक्रममा वडाका १९ वटै टोल विकास संस्थाको संलग्न हुनेछन्। साथै, साना तथा मझौला उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शनीमार्फत बजारीकरण गर्ने अवसर प्रदान गरिने वडाले जनाएको छ । विभिन्न सीपमा आधारित महिला उत्पादन पनि प्रदर्शनीमा समावेश गरिने छ।

त्यसैगरी स्थानीय होटल तथा खाजा परिकार व्यवसायीहरूले पनि आफ्नो परिकार प्रदर्शन गर्ने अवसर पाउने जानकारी दिएको हो । हेटौडा कमानेको मेनरोड निम चोकदेखि सागर चोकसम्म हुने महोत्सवमा करिब ८ लाख बराबरको खर्च अनुमान गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित