हेटौंडा उपमहानगरपालिका – ८ कालिका टाेलमा नेपाली सेनाद्वारा ५ राउण्ड हवाइ फायर गर्दै गैडाको खाग तस्करीको आरोपमा एक जना पक्राउ गरिएको छ ।
-------------- बिज्ञापन ---------------
पाँच राउण्ड गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाका प्रत्यक्षदर्शीका अनुसार सेनाले अनावश्यक रुपमा गोली चलाएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाक तस्करीको आशंकामा पक्राउ गरिएको व्यक्तिलाई सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको छ ।
सेनाले पक्राउ गरेको मानिसको खुट्टामा समेत एक गोली प्रहार गरेको आरोप स्थानीयकाे छ । पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन ।