मनहरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता, फाइनलमा ३ र ४ नम्बर वडा प्रवेश

मकवानपुरको मनहरी गाउँपालिकामा  शिक्षक भलिबल प्रतियोगिताको आयोजना भएको छ । शिक्षकहरुको क्षमता विकाससँगै खेलकुदलाई बढावा दिने उद्देश्यले आयोजित भलिबल प्रतियोगिताको फाइनलमा ३ र ४ नम्बर वडा प्रवेश गरेका छन् ।

-------------- बिज्ञापन ---------------

प्रतियोगितामा प्रत्येक वडाको एक÷एक टिम र ६ नम्बरको २ वटा गरी १० टिमको सहभागिता रहेको थियो । सेमिफाइनलमा ३ नम्बरले ७ लाई २५–१९, २५–२७ र १५–११ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।

४ ले ८ नम्बरलाई २५–१३ र २५–१६ को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । ३ नम्बर वडा अध्यक्ष समेत रहेका गाउँपालिकाका सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा पालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

अध्यक्ष कालाखेतीले शिक्षकहरुलाई पढाईसँगै खेलकुदमा समेत जोड्ने उद्देश्यले भलिबलको आयोजना गरिएको बताए । यस प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने योजना रहेको उनको भनाई थियो । शिक्षकहरुले खेल्दा विद्यार्थीलाई समेत हौसला मिल्ने कालाखेतीको दावी थियो ।

प्रतियोगिताको उद्घाटनमा उपाध्यक्ष सीता पुलामी मगर, ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङ, ८ नम्बर वडा अध्यक्ष नारन उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको फाइनल खेल १४ गते हुने गाउँपालिकाका स्रोत शिक्षक विदुरविक्रम थापाले जानकारी दिए । मनहरीमा शनिबारबाट राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता समेत हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै