मकवानपुरको राक्सिराङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका ५ चाक्लेबगर स्थित भित्री सडक खण्डमा मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च २९४६ नम्बरको बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
-------------- बिज्ञापन ---------------
मृत्यु हुनेमा कैलाश गाउँपालिका ३ बस्ने ५६ वर्षका सन्तबहादुर गोम्बा रहेका छन् । बोलेरो ब्रेक फेल भएर रोडबाट करिब ३÷४ मिटर तल खसेर दुर्घटना भएको हो । बोलेरोमा ८ जना रहेकामध्ये गोम्बाको मृत्यु भएको हो ।
शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मतहरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ ।