चैनपुर जेसीज मनहरीमा ढकालको नेतृत्व

चैनपुर जेसीज मनहरी वर्ष सन् २०२५ को अध्यक्षमा कृष्णप्रसाद ढकाल चयन भएका छन् । सोमबार भएको जेसीजको दोस्रो साधारणसभा तथा अधिवेशनले यसअघि महासचिव रहेका ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

-------------- बिज्ञापन ---------------

जेसीजको कार्यकारिणी उपाध्यक्षमा मिलन ढुंगाना र मनोज विष्ट तथा उपाध्यक्षमा राजु सुवेदी, बालकृष्ण बिष्ट, कृष्णप्रसाद खनाल र रोचक ढकाल चयन भएको निर्वाचन आयुक्त गणेशदर्पण अधिकारीले जानकारी दिए । अध्यक्षमा चयन भएका ढकालले स्थापनाकालदेखी आयोजना गर्दै आएको कार्यक्रमको निरन्तरता एवम् नयाँ कार्यक्रमको आयोजना गर्दै आफ्नो कार्यकाल नमूनालायक बनाउने प्रतिवद्धता जनाए ।

‘जेसीज कप फुटबल, जेसीज दौड लगायतका कार्यक्रमलाई निरन्तरता दिनेछु । सबैसँगको सल्लाहमा केही नयाँ कार्यक्रमहरुको सुरुवात गरिनेछ’, नवनिर्वाचित अध्यक्ष ढकालले भने, ‘नयाँ शाखा भएकोले तालिमलाई प्राथमिकता दिनेछौं । वर्ष सन् २०२५ लाई नमूनालायक बनाउन प्रयासरत् रहनेछ ।’

जेसीजको साधारणसभाबाट अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्ष पदको चयन हुनेछ भने बाँकी पद अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ । सन् २०२२ मा स्थापना भएको यस चैनपुर जेसीज मनहरीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक काम गर्दै आएको छ ।

जेसीजको साधारणसभा वर्ष सन् २०२४ का अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै