राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरद्धारा सम्मान कार्यक्रम सम्पन्न

आज हेटौंडामा नेपाली कांग्रेस मकवानपुरले ४९ औँ राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको अवसर पारेर सम्मान कार्यक्रम सम्पन्न कार्यक्रम गरेको छ । कार्यक्रमलाई कांग्रेस महामन्त्री गगन थापाले सम्बोधन गर्नुभएको थियो ।

-------------- बिज्ञापन ---------------

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बीपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए । महामन्त्री थापाले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बीपीलाई सम्झिने हो भने अन्याय हुनेसमेत उल्लेख गरे ।

उनले पार्टीको १५ औँ महाधिवेशन पनि समयमै हुने बताउँदै अहिले जनताको कामलाई बढी प्राथमिकता दिएर जनताको समस्या समाधान गर्नेतर्फ केन्द्रीत हुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

सहकारी ठगी प्रकरणको सन्दर्भमा महामन्त्री थापाले कानुन सबैलाई बराबर हुने भन्दै कांग्रेसको ठूलै नेता सहकारी ठगीमा संलग्न देखिए पनि पाता कसेर लैजानुपर्ने बताए । उनले भने,‘म यो या त्यो भन्दिन । कानून सबैका लागि बराबर हो । नेपाली कांग्रेसकै नेता पनि सहकारी ठगी प्रकरणमा संलग्न देखिए पाता कसेर लैजानुपर्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले यस विषयमा भनिरहेको भन्दै गल्ती देखिए आफुलाई पनि कारबाही गर्नुपर्ने उल्लेख गरे ।

जसले ठगी गरेको हो, उही दण्डित हुनुपर्ने र अरुले झण्डा लिएर बचाउमा उत्रन नहुने उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य मोहन आचार्यले कांग्रेसलाई बलियो बनाएर लैजान अब सबै एकजुट हुनुपर्ने बेला भएको बताए ।

उनीहरुले पार्टी भित्रका तीतामिठा कुराहरुलाई विर्सिएर मुल मुद्धामा सबै नेता तथा कार्यकर्ताहरु केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

जिल्ला सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसमा आवद्ध भएर विभिन्न कालखण्डमा पार्टीप्रति योगदान पुर्याएका ३० जनालाई सम्मान गरिएको थियो ।

त्यस्तै नेकपा एमाले, माओवादी केन्द्र लगायतका विभिन्न दल परित्याग गरी २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

मेलमिलाप कार्यक्रमबाटै मकवानपुरमा सम्मानको सुरुवात भएको लामाले बताए । पार्टी संगठनमा जब विखण्डनको अवस्था आउँछ तब कांग्रेसले मेलमिलापको नीति अवलम्वन गर्दै आएको भन्दै उनले मकवानपुरमा यो कार्यक्रमले निकै महत्व राख्ने समेत बताए । लामाले एकअर्कालाई सम्मान गर्दा नै मित्रता बढ्ने भन्दै सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

यो पनि पढ्नुहोस्

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने