मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा रविन्द्र घिमिरेले पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष उम्मेद्वार अनिल अग्रवालको प्यानलबाट घिमिरेले उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेद्वार घोषणा गरेका हुन ।
-------------- बिज्ञापन ---------------
घिमिरे हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति अध्यक्ष समेत छन् । घिमिरे २०५२ सालदेखि सरल निर्माण सेवाबाट व्यवसायिक क्षेत्रमा सक्रिय छन् । उनले हेटौंडाको बुद्ध चोकमा साई कलेक्शन नामको तयारी पोशाक कपडाको व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।
घिमिरेले उम्मेदवारी छोड्छ भन्ने हल्ला फिजाइएकोले भ्रम चिर्न पत्रकार सम्मेलन गरेर उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी रहेको जानकारी गराएका हुन ।
‘म विगतमा पनि थोरै मतान्तरले पराजित भएकोले यसवर्ष व्यवसायीहरूको हक हितमा लाग्नका लागि पुनः उम्मेदवारी दिएको छु ।’ उनले भने । आफनो जितपछिको कार्यकाल नितान्त व्यवसायीको समस्या समाधान र उनीहरूको अधिकार स्थापित गराउन अभ्यस्त हुने विश्वास दिलाए ।
उद्योग तर्फबाट दिपक शिवाकोटी, राजकुमार बानियाँ, कृष्णगोपाल महर्जन, महिला सदस्यमा मेनका श्रेष्ठ उम्मेद्वार रहेका छन् ।
मउवा संघको निर्वाचन पुष २७ गते हुदै छ ।