तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प, नेपालमा पनि धक्का महसुस

आज बिहान चीनको तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा रहेको पुष्टि भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

-------------- बिज्ञापन ---------------

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । यो भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि नागरिक घरबाहिर निस्किएका छन् ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार भूकम्पले पुराना तथा कमजोर संरचनामा क्षति पुर्‍याउन सक्छ । उत्तरी क्षेत्रमा क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

भूकम्पको परकम्प आउन सक्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित