पत्रकारसहित व्यवसायीलाई सम्मान

मउवा संघको साधारणसभाको अवसरमा पत्रकारसहित अग्रज व्यवसायीलाई सम्मान गरिएको छ । कान्तिपुर दैनिकमा कायरत वरिष्ठ पत्रकार प्रताप विष्ट र रेडियो मकवानपुर तथा प्रदेश दैनिकका गणेशदर्पण अधिकारीलाई नगदसहित पुरस्कृत गरिएको हो ।

-------------- बिज्ञापन ---------------

विष्टलाई नगद २० हजार र अधिकारीलाई १५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । पूर्व अध्यक्ष हिटलर विशेत, पल्पसा परिकल्पनाकारबाट निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, उत्कृष्ट कर्मचारी दुर्गा लामिछानेलाई सम्मान गरिएको छ ।

समाजसेवातर्फ मामाघर नेपाल र संघसंस्थातर्फ साहित्य संगम मकवानपुरलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । संघले वाणिज्यतर्फ मोहनकृष्ण श्रेष्ठ, उद्योगतर्फ नरहरि नन्दन उप्रेती, एशोसियट्सतर्फ इभास लाइफ साइन्सेस हेटौंडा ३ र वस्तुगततर्फ मोबाइल एशोसियसन हेटौंडालाई सम्मान गरेको हो ।

सम्मानित तथा पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल लगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

यो पनि पढ्नुहोस्

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने