मकवानपुर गढी दुई स्थित कुर्ले कृषि सहकारी संस्थाको १२औं साधारण सभा शनिबार सम्पन्न भएको छ।
-------------- बिज्ञापन ---------------
संस्थाका अध्यक्ष कृष्ण प्रसाद हुमागाईंको सभापतित्व एवं मकवानपुर गढी गाउँपालिका २ नम्बर वडा अध्यक्ष बखान सिंह पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रम समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाख्रिनले सहकारीमा एक अर्काबीच सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
ग्रामीण क्षेत्रमा रहेको यस कृषि सहकारी संस्थाले यस भेगमा रहेका कृषकहरुलाई कृषि क्षेत्रमा निकै नै सहजीकरण गर्दै आइरहेको हुँदा सबै सेयर सदस्यहरूले सहकार्य गरेर अगाडि बढ्न अनुरोध गर्नुहुँदै सहकारी संस्था सबैको साझा संस्था भएकोले एकजुट भएर काम गर्नलाई सुझाउनु भयो ।
साधारण सभाले श्रमिक दुग्ध उत्पादक सहकारी संस्थासँग एकीकरण तथा मर्जर प्रक्रियामा जाने प्रस्ताव गरेको छ । दुवै संस्थाको कार्यक्षेत्र र सदस्यहरु लगभग एकै भएका कारण यस प्रकारको निर्णय गरेको अध्यक्ष कृष्ण प्रसाद हुमागाईले बताउनुभयो ।
सकारीले हालसम्म कृषकहरुलाई कृषि औजार, खेतीको लागि टनेल, गोठ सुधार कार्यक्रम, मल बीउ जस्ता कृषि कार्यक्रममा सहजीकारण गर्दै आएको छ । सहकारीमा हाल नब्बे जना सेयर सदस्य रहेका छन ।
कार्यक्रममा कृषक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गंगाराज गोले, महाकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शिव पुडासैनी लगायतका व्यक्तिहरूले आफ्नो धारणा राख्नुभएको थियो।