मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोद सिंह रानाभाट विजयी

मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको अध्यक्ष पदमा प्रमोद सिंह रानाभाट विजयी भएका छन् । अर्का प्रतिस्पर्धी अनिल अग्रवाललाई पराजित गर्दै रानाभाट मउवा संघको अध्यक्षमा विजयी भएका हुन् ।

-------------- बिज्ञापन ---------------

रानाभाटले १ हजार १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रवालले ७ सय ६५ मत प्राप्त गरेका थिए । मउवा संघको अध्यक्षसहित नयाँ नेतृत्वको लागि शनिबार मतदान भएको थियो ।

यस्तै, मउवा संघको महासचिवमा प्रतिमा श्रेष्ठ विजयी भएकी छन् । अर्का प्रतिस्पर्धी विकेशलाल श्रेष्ठलाई पराजित गर्दै महासचिव पदमा श्रेष्ठ विजयी भएकी हुन् । प्रतिमाले १ हजार १२ मत प्राप्त गर्दा विकेशलालले ७ सय १३ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा ९ सय १७ मतसहित तेजराज अधिकारी विजयी भएका छन् । अर्का प्रतिस्पर्धी कृष्ण कर्माचार्य (भाई) लाई पराजित गर्दै अधिकारी कोषाध्यक्षमा विजयी भएका हुन् । कर्माचार्यले ८ सय १ मत पाएका छन् ।

यसैगरी, सह–कोषाध्यक्षतर्फ निलम वैद्य विजयी भएकी छन् । राधिका सामरी पाण्डेलाई पराजित गर्दै वैद्य सह–कोषाध्यक्षमा विजयी भएकी हुन् । वैद्यले ९ सय १६ मत प्राप्त गर्दा पाण्डेले ७ सय ८१ मत प्राप्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने