[t4b-ticker]

अमेरीकामा भीषण आगलागी, २४ जनाको मृत्यु, लाखौं मानिस विस्तापित, कम्तीमा चार दिनसम्म घर फर्काउन नसकिने

अमेरिकाको लस एन्जलसमा भीषण आगलागीभएको छ । जसका कारण आफ्नो घरबाट विस्थापित भएका दशौँ हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले बताएका छन् ।

-------------- बिज्ञापन ---------------

आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार रातिसम्म २४ पुगेको छ भने विस्थापितको सङ्ख्या करिब एक लाखको हाराहारीमा रहेको छ । यसअघि करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा मानिसहरू घर फर्किसकेका छन् ।
‘धेरैजना घर फर्कन आतुर छन् किनकि उनीहरूले केही क्षणको सूचना पाएर औषधि वा लुगाफाटा मात्रै लिएर घर छोडेका थिए।

‘यस हप्ता हावाहुरीको पूर्वानुमानले आगलागीको आपतकालीन अवस्था अझै सकिएको छैन,’ लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले पत्रकार सम्मेलनमा भने, ‘उनीहरू घर जान सक्दैनन्, किनभने अझै वस्तीहरू सुरक्षित छैनन् ।’ जतिसक्दो चाँडो बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता ल्याउनु आफूहरूको सामूहिक प्राथमिकता रहेको कारोनले बताए ।

गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका अग्नि नियन्त्रक क्षेत्रमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आदेश दिइएको छ ।

डढेलोको चपेटामा परेका क्षेत्रहरू तहसनहस भएका छन्, पूरै सडकहरू खरानीमय बनेका छन् र पूर्वाधारहरू नराम्ररी ध्वस्त भएका छन्।
अमेरिकको एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्‍याएको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु