हेटौंडा राउन्ड टेवलद्वारा ३२४ थान स्वीटर सहयोग

हेटौंडा राउन्ड टेवल संस्थाले मकवानपुरको मनहरी गाउँपालिका ३ सिद्धकालीमा रहेको प्रजा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) सहयोग गरेको छ ।

-------------- बिज्ञापन ---------------

अधिकांश आदिवासी जनजाती र दलित समुदायका विद्यार्थी अध्ययनरत विद्यालयका सबै ३२४ विद्यार्थीलाई स्वीटर सहयोग गरिएको हो । बुधबार एक कार्यक्रमकाबीच विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरिएको हो । कार्यक्रम संयोजक राहुल जालानको संयोजकत्व एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिराबहादुर प्रजाको अध्यक्षतामा भएको स्वीटर वितरण कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडा राउन्ड टेवलका अध्यक्ष सुदिप गुप्ताले अधिकांश जनजाती र दलित तथा विपन्न समुदायका विद्यार्थी रहेकोले यो जाडोमा सहयोग गरिएको बताए । ‘यो जाडोमा धेरै विद्यार्थी न्यानो कपडा बिनै पढ्न आउने गरेको र सहयोग जरुरी रहेको जानकारी पाएपश्चात स्वीटर वितरणका लागि आएका हौं’, अध्यक्ष गुप्ताले भने ।

यता मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले आफ्नो पालिकाको एउटा विद्यालयका सबै विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । सहयोगापेक्षीलाई सक्नेले सहयोग गर्नु पुण्यको काम भएको उनको भनाई थियो । यो सहयोगले प्रजा आधारभूत विद्यालयका विद्यार्थीको पढाईमा सहयोग पुग्ने अध्यक्ष कालाखेतीको विश्वास थियो ।

मनहरी ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । कार्यक्रम संयोजक जालानले साँच्चै सहयोग चाहिएको विद्यालयमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारका अनुसार १ देखि ८ कक्षासम्म अध्ययन हुने यस विद्यालयमा ३२४ जना विद्यार्थी छन् । सहयोग हस्तान्तरणमा मनहरी १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, युवा समाजसेवी श्रीराम खड्का, प्रसुज मैनाली लगायतको आतिथ्यता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै