[t4b-ticker]

राष्ट्रिपति रामचन्द्र पौडेल मकवानपुरमा, दु्रतमार्गको निरिक्षण

आज मकवानपुरमा राष्ट्रिपति रामचन्द्र पौडेल आएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुरको बकैया–११ स्थित लेनडाँडा आइपुगेर दु्रतमार्गको उनले निरिक्षण गरेका हुन् । उनले आजै तराइलाई काठमाण्डौं जोड्ने द्रुतमार्गको निरिक्षण समेत गरेका छन् ।

-------------- बिज्ञापन ---------------

राष्ट्रपति रामचन्द्र पौडेलले निरीक्षण गर्ने क्रममा निर्माणको जिम्मेवारी पाएको नेपालीले सेनाले दिएको जानकारीअनुसार आयोजनको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६० र वित्तीय प्रगति ३९ दशमलव ५६ प्रतिशत अर्थात करिब ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।

द्रुतमार्गको अवलोकन गर्दै राष्ट्रपतिले आयोजनाको काम छिट्टो सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । ‘यस आयोजना छिट्टो सम्पन्न भएको खण्डमा आमजनताको दैनिकीमा सहजता थपिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

नेपाली सेनाका अनुसार द्रुतमार्गमा सातवटा सुरुङ निर्माण हुनेछन् । जसको कुल लम्बाइ १० दशमलव ९७९ किलोमिटर रहनेछ । हालसम्म लेनडाँडाको १६१२ मिटर लम्बाइको सुरुङ र धेद्रेको १७२८ मिटर सुरुङ मार्ग निर्माण कार्य सम्पन्न भएको छ । महादेवटार सुरुङको ६५ प्रतिशतभन्दा बढी काम सकिएको छ ।

द्रुतमार्गमा आधुनिक प्रविधिको ८९ स्थानमा आकाशे पुल निर्माण गरिने नेपाली सेनाले जनाएको छ । ८५ स्थानमा निर्माण हुने पुलको खरिद सम्झौता सम्पनन भएको छ । सुरुङ निर्माण सम्पन्न भएको लेनडाँडा र धेद्रेमा आकाशे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । हाल मकवानपुरको राजदमार इलाकामा ५ वटा अत्याधुनिक डिजाइनका पुलहरुको निर्माण कार्य सकिएको छ । अन्यस्थानमा ८१ मिटरसम्म उचाइरहेका विभिन्न प्रकृतिका पुलहरुको फाउण्डेसन तथा सबस्ट्रक्चर र सुपर स्ट्रक्चरको काम भइरहेको जनाइएको छ ।

सेनाले द्रुतमार्ग निर्माणको क्रममा हालसम्म ३६ हजार १७९ वटा विभिन्न प्रजातिका रुख कटान गरेको जनाएको छ । कट्टान गरिएको रुखहरुको सट्टामा हालसम्म जम्ममा ७ लाख ५ हजार ५५२ विरुवा रोपिएको सेनाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु