बाढीले क्षति पुर्याएको संरचना बनाउन सहयोग गर्ने : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मकवानपुरको बकैयामा बाढीले क्षति पुगेको संरचनाको अनुगमन गरेका छन ।

-------------- बिज्ञापन ---------------

लामाले मकवानपुरको बकैया गाउँंपालिका १० मा अनुगमनका क्रममा बाढीले क्षति पुर्याएको संरचना बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । असोजको दोस्रो हप्ता आएको बाढीले क्षति पुगेको संरचनाको अनुगमन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अनुगमनका लागि मुख्यमन्त्री लामा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासहित कांग्रेसका नेताहरु लिएर बकैया पुगेका थिए । बाढीले क्षति पुर्याएको बाटो, सिचाई, पक्की पुल, झोलुङ्गे पुलको अनुगमन गरिएको थियो । असोजमा आएको बाढीले मकवानपुरसहित बागमती प्रदेशका विभिन्न जिल्लामा क्षति पुगेको छ, मुख्यमन्त्री लामाले भने, क्षतिको विवरण संकलनसहित निर्माण कार्य समेत धमाधम अघि बढाइरहेका छौं । यस क्षेत्रमा पुगेको संरचना निर्माणमा लागिपर्नेछौं । उनले क्षतिग्रस्त संरचना निर्माणका लागि बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता समेत जनाए ।

कांग्रेस सहमहामन्त्री डिनाले प्रदेशको राजधानी मकवानपुर भएकोले पनि यहाँको क्षतिग्रस्त संरचना निर्माणमा विशेष प्राथमिकता दिन आग्रह गरिन् । मुख्यमन्त्रीसहितको टोलीले प्रदेश सरकारको लगानीबाट भएको कामको अनुगमन समेत गरेको थियो ।

कांग्रेस नेताहरु आनन्दराम पराजुली, मिठाराम दाहाल, गोपाल न्यासुर, प्रमिला खतिवडा, निलम देबकोटा, बकैया गाउँपालिका अध्यक्ष धर्म लामिछाने, वडा अध्यक्ष कमला वाइबा, पूर्व वडा अध्यक्ष सोम तिमल्सिना, नेवि संघका नेता भिषण ठकुरी लगायत सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित