[t4b-ticker]

युवकलाइ निर्घाट कुटपिट गर्ने प्रहरी निलम्बनमा परे

चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेज निलम्बनमा परेका हुन् ।

-------------- बिज्ञापन ---------------

१५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । तर, आइतबारदेखि भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

सोही समितिको सिफारिसका आधारमा असई भुजेललाई प्रदेश प्रहरी कार्यालय वाग्मती‍ले निलम्बन गरेको चितवन प्रहरीका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

असई भुजेलले प्रहरी आचरणविपरीत कुटपिट गरेको खुलेपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

भिडियोमा नजिकै प्रहरीले चेकिङ गरिरहेको र त्यहीँ सामु उभिएका व्यक्तिलाई ती प्रहरीले कुटपिट गरेको देखिन्छ । प्रहरीको लात्ताले ती व्यक्ति ढलेका छन् । ढलेपछि समेत कुटपिट गरेको भिडियोमा देखिन्छ ।

भिडियोमा सुनिएअनुसार, ती व्यक्तिलाई प्रहरीले ‘कसलाई फोन गर्छस्, गर, पावर देखाउन खोजेको भन्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु