नेपालकै सबैभन्दा ठूलो गढीमध्येको एक ऐतिहासिक मकवानपुर गढी दरबारमा २६२ औं विजय उत्सव मनाइएको छ । २६२ वर्ष अघि आजकै दिन १० माघ १८१९ मा गुरगिन खाँको नेतृत्वको बंगालको सेनालाई पराजित गरेको सम्झनामा बिजय उत्सव मनाइएको हो । उक्त अवसरमा बागमती प्रदेशका ।मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले नेपालको राष्ट्रिय झण्डा भन्डोत्तलन गरेका थिए ।
-------------- बिज्ञापन ---------------
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले पुरातात्विक महत्व बोकेको ऐतिहासिक गढी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । उनले ऐतिहासिक घटना र स्थानहरुले पर्यटन प्रवर्धमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै मुख्यमन्त्री लामाले यस्ता ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्धनमा सबै लाग्नुपर्नेमा जोड दिए ।
उनले मकवानपुर गढी क्षेत्रको संरक्षण र प्रवर्धनका लागि बागमती प्रदेश सरकारले बहुवर्षीय योजनाका रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले स्थानीय सरकारलाई मकवानपुर गढी क्षेत्रको संरक्षण र संवर्धनका लागि आवस्यक गुरुयोजना बनाएर प्रदेश सरकारमा पेश गर्न आग्रह पनि गरे ।

मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मनत्री बिमल ठकुरीले मकवानपुर गढी संरक्षणका लागि आवस्यक सहयोगको लागि मन्त्रालय तयार रहेको बताए। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन लगायत वडा अध्यक्षहरु र जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
