हेटौंडा उपमहानगरपालिका–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले गएको शुक्रबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई एक हजार पुस्तक वितरण गरेको छ।
-------------- बिज्ञापन ---------------
विद्यालयकी शिक्षिका अञ्जिता मिश्रका अनुसार यस विद्यार्थीहरूमा बाहिरी पुस्तक पढ्ने बानीको विकास होस र शैक्षिक पहुँच विस्तार गर्न थप योगदान पुगोस भन्ने उद्देश्यका साथ पुस्तक वितरण गरिएको जानकारी दिनुभयो ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी स्याङ्जा जिल्लाबाट ५० जना विद्यार्थी लिएर स्थापना गरिएको गैरनाफामूलक संस्था हो। संस्थाले हालसम्म १८ जिल्लामा १३ हजारभन्दा बढी बालबालिकाका लागि काम गरिसकेको छ। मकवानपुरमा मात्र यस गुठीले १,८०० विद्यार्थीलाई शिक्षासम्बन्धी सेवा प्रदान गरिरहेको छ।
पुस्तक वितरण कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका कार्यक्रम संयोजक तजबिज घर्तौला, रामेछापका संयोजक उमेश नेपाल, नवोदय विद्यालयका माध्यमिक शैक्षिक संयोजक सीएम रिमाल र प्रशासनिक प्रमुख शरदराज पाण्डे लगायतकाको उपस्थिति थियो।