मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होछारको अवसरमा माघ १६, १७ र १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, यस चाडको महत्वलाई ध्यानमा राख्दै सरकारी कार्यालय, शैक्षिक संस्था र वित्तीय संस्थाहरू बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
-------------- बिज्ञापन ---------------
राक्सिराङ गाउँपालिका तामाङ समुदायको बाहुल्यता रहेको क्षेत्र हो। सोनाम ल्होछार नयाँ वर्षको रूपमा मनाइने यस पर्वले तामाङ समुदायको परम्परा, संस्कृति र पहिचानलाई झल्काउँछ। साथै, यसले समाजमा एकता, शान्ति र सद्भाव कायम गर्न सहयोग पुग्ने उहाँको विश्वास छ।
गाउँपालिकाले स्वदेश तथा विदेशमा रहेका सबै तामाङ समुदायलाई सोनाम ल्होछारको पावन अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सबैमा खुशी, समृद्धि र स्वास्थ्यको कामना गरेको छ।