लायन्स क्लब अफ हेटौंडा स्मारकद्वारा कोथलीटार विद्यालयका विद्यार्थीलाई स्विटर सहयोग

लायन्स क्लब अफ हेटौंडा स्मारकले मकवानपुरको कैलास गाउँपालिका–७ स्थित कोथलीटार आधारभूत विद्यालयका १३४ जना विद्यार्थीलाई स्विटर हस्तान्तरण गरेको छ। लायन्सको वार्षिक कार्यक्रम अन्तर्गत आइतबार एक कार्यक्रमका बीच स्वीटर हस्तान्तरण गरेको हो ।

-------------- बिज्ञापन ---------------

अधिकांश विपन्न चेपाङ समुदायको बालबालिका अध्ययनरत विद्यालयलाई लायन्सले सहयोग गरेको हो । जाडोको समयमा विद्यार्थीलाई चिसोबाट बच्न राहत पुगोस् र नियमित विद्यालय आउन सहयोग पुगोस् भन्ने उद्येश्यले न्यानो कपडा सहयोग गरिएको लायन्स क्लव हेटौंडा स्मारकका अध्यक्ष अन्जनप्रसाद पौडेलले बताए ।

लायन्सका सदस्य कमल अधिकारीको संयोजकत्वमा भएको स्वीटर हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र अभिभावकहरूको उपस्थिति थियो । स्वीटर वितरण कार्यक्रमका प्रमुख अतिथि लायन्सका डिस्ट्रीक को–चिफ एड्भाइजर प्रलाद मिश्र रहेका थिए । मिश्रले लायन्स क्लवले सामाजिक सहयोगमा गरेको कामको उच्च प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित