रेडियो मकवानपुरले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा आज निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
-------------- बिज्ञापन ---------------
वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मकवानपुरगढी गाउपालिका वडा नम्बर ४ ठेकिडाँडामा शिविर गरिएको हो ।
स्वास्थ्य शिविरमा सिद्धस्थली अस्पतालका विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सहयोगमा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य जाँच, परामर्श र आवश्यक औषधि वितरण गरिएको छ।

कार्यक्रममा स्थानीय बासिन्दा, सञ्चारकर्मी, तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

यसरी, रेडियो मकवानपुरको वार्षिकोत्सव केवल उत्सवमा सीमित नभई सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायलाई लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ।

