हेटौंडा उपमहानगरपालिकालाई फागुन १ गते बालमैत्री घोषणा गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
-------------- बिज्ञापन ---------------
नगर प्रमुख मीनाकुमारी लामाले “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी“ भन्ने मूल नाराका विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न लागेको बताइन् ।
‘हेटौंडाको १९ वटै वडा बालमैत्री घोषित भएसँगै उपमहानगरपाकिालाई पनि बालमैत्री घोषणा गर्न लागेको हो । बालमैत्री स्थानीय शासनयुक्त नगर समिति तथा घोषणा मूल समारोह समिति संयोजक समेत रहेकी उनले बालमैत्री घोषणा गर्न हेटौंडा उपमहानगरका वडाहरूमा विभिन्न संंरचना बनाएको बताइन् ।
बालमैत्री घोषणा गर्न आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकहरुमा हेटौंडा उपमहानगरपालिकाले ४३ वटा सूचकमा सय प्रतिशत, एउटा सूचनकमा ९९ दशमलव ९४ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८९ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८७ प्रतिशत, एउटा सूचकमा ९९ प्रतिशत, एउटा सूचकमा ९८ दशमलव ६३ प्रतिशत, एउटा सूचकमा ९६ दशमलव ८४ प्रतिशत, एउटा सूचकमा ९१ प्रतिशत र एउटा सूचक ८८ दशमलव ०६ प्रतिशत नजिता हाँसिल भएको उनले जानकारी दिइन् ।
पालिकामा १८ वर्ष भन्दा कम उमेर समूहका ५० हजार १९५ जनसंख्या रहेका छन् । जसमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । बालबालिकाको संख्यालाई आधार मानदा ५२ दशमलव ८ प्रतिशत बालक र ४७ दशमलव ९१ प्रतिशत बालिका रहेका छन् ।
यस उपमहानगरपालिकामा २६५ टोलस्तरीय र १०६ वटा बालसमूह गरी जम्मा ३७१ वटा ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बाल समूह सञ्जालसहित ३७१ वटा बालबालिकाका संरचना क्रियाशील अवस्थामा छन् । ती विभिन्न संरचनागत समितहरु समेत गरी ९ हजार २५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ ।
बालमैत्री घोषणा कार्यक्रम उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा हुने बताईएको छ ।