हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा

मकवानपुर, फागुन १— बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिएको छ । हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा गर्नेमा मकवानपुर जिल्लाको चौथो पालिका भएको छ ।

-------------- बिज्ञापन ---------------

बिहिवार उपमहानगरपालिकाको ५६ औं स्थापना दिवसको अवसरमा हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमा सिंहले हेटौंडालाई पुर्ण रुपमा बालमैत्री घोषणा गरेका हुन ।

बालमैत्री घोषणा कार्यक्रमको सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले समाजमा रहेका कुरिती हटाउन अघि बढेको हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन युक्त घोषणा गर्न सफल भएको बताए । नगरपालिकाहरुमध्ये बागमती प्रदेशको राजधानी भएका कारणले पनि हेटौंडा महत्वपुर्ण उपमहानगरपालिका भएको उनले बताए ।

यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री प्रकाश श्रेष्ठले हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउने आफुहरुको सपना रहेको बताए ।

घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये हेटौंडा उपमहानगरपालिकाले ४३ सूचकमा सतप्रतिशत नतिजा प्राप्त गरेको नगर उपप्रमुख राजेश बानिंयाले बताए । १९ वटा वडा रहेको यस उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १ सय ९५ बालबालिका रहेका छन् । ३६ हजार ८ सय २२ घरधुरी रहेको उपमहानगरपालिकामा १ लाख ७६ हजार १ सय ६३ जनसंख्या रहेको छ ।

यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैंया गाउँपालिका बालमैत्री पालिका घोषणा भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित