नेकपा माओवादी केन्द्रका अध्यक्ष र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली शनिबार मकवानपुरको बागमती गाउँपालिका आउने भएका छन्। उनी सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्न आउन लागेका हुन्।
-------------- बिज्ञापन ---------------
बागमती गाउँपालिका खेलकुद विकास समितिको निम्तोलाई स्वीकार गर्दै प्रचण्ड प्रमुख अतिथिका रूपमा प्रतियोगिताको उद्घाटन गर्नेछन्। प्रतियोगिताको तयारी पूर्ण भएको र उद्घाटनका लागि सबै तयारी पुरा भइसकेको आयोजकले जानकारी दिएका छन्।
नेकपा माओवादी मकवानपुरका पूर्व संयोजक सर्केश घलान ‘मधु’ले बागमती गाउँपालिकाको नेतृत्व गर्दै यस कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।