राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा

मकवानपुर, फागुन ५-  निर्माण व्यवसाय संघको आयोजनामा हेटौंडा–१० स्थित टीसियन चौरमा फागुन ६ देखि १८ गतेसम्म हुने राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा भएको जानकारी संघले पत्रकार सम्मेलनमार्फत दिएको छ।

-------------- बिज्ञापन ---------------

महोत्सवको उद्घाटन गृह मन्त्री माननीय रमेश लेखकले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन हुनुपूर्व फागुन ६ गते बिहान १०स्३० बजे हुप्राचौरको दक्षिण गेटबाट र्‍याली सुरुभई पारिजात पथ, बुद्ध चोक हुँदै टीसियन चौरमा पुगेर शोभायात्रामा परिणतभै समापन हुनेछ।

महोत्सवको आकर्षणका रूपमा फागुन ७ गतेदेखि हेटौंडा आइडिएल प्रतियोगिता आयोजना हुनेछ। महोत्सव अवधिभर दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने बताइएको छ।

३०० भन्दा बढी स्टलमा जुत्ता(चप्पल, होटल, निर्माण सामग्री, घरेलु उद्योगका उत्पादन, महिला उद्यमीका सामग्री, कृषि उपज र विभिन्न संघ(संस्थाका उत्पादनहरू प्रदर्शन र बिक्रीका लागि राखिनेछन्।

निर्माण सामग्री, स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवले व्यापारिक गतिविधिलाई चलायमान बनाउन र आर्थिक विकासमा टेवा पुर्‍याउन सहयोग पुर्याउने बिश्वास लिइएको छ।

महोत्सवमा प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि ७० रुपैयाँ तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित