हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु

मकवानपुर, फागुन ६ –  निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौँडामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ सुरु भएको छ। महोत्सवको उद्घाटन मंगलबार नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गरे। उद्घाटन समारोहमा गृहमन्त्री लेखकले मुलुकको विकास र निर्माणमा व्यवसायीहरूको योगदानलाई उच्च सम्मान गर्दै निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न व्यवसायीहरूलाई आग्रह गरे।

-------------- बिज्ञापन ---------------

गृहमन्त्री लेखकले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइएको र बाँकी रकम छिट्टै उपलब्ध गराइने प्रतिबद्धता जनाए। साथै, उनले निर्माण क्षेत्रलाई कुनै पनि दबाब र प्रभावबाट जोगाउन सरकार कटिबद्ध रहेको बताए।

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलका अनुसार, १८ फागुनसम्म चल्ने महोत्सवमा तीन सयभन्दा बढी स्टलमा निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, र हस्तकला सामग्री प्रदर्शनीमा राखिएको छ। महोत्सवमा दर्शक, उपभोक्ताहरूका राय र सुझाव संकलन गर्ने व्यवस्था गरिएको पनि कँडेलले बताए।

महोत्सवको आकर्षणका रूपमा हेटौँडा आइडल प्रतियोगिता राखिएको छ। प्रतियोगितामा प्रारम्भिक छनोटबाट १६ प्रतिस्पर्धी छानिएका छन्। प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक र सांस्कृतिक प्रस्तुति रहने प्रचारप्रसार संयोजक सुरज बर्तौलाले जानकारी दिए।

२०७१ सालमा पहिलोपटक महोत्सव आयोजना गरेको संघले १० वर्षपछि पुनः महोत्सव गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने