[t4b-ticker]

रोज एकेडेमीको रजत जयन्ती भव्य रूपमा सम्पन्न

हेटौंडा, फागुन 6 – रोज एकेडेमी इङ्ग्लिस स्कूलको २५औं वार्षिक उत्सव तथा रजत जयन्ती सम्पन्न भएको छ। हेटौंडा– २ स्थित पल्पसा प्याराडाइज होममा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रूपमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ उपस्थित थिए।

-------------- बिज्ञापन ---------------

उपमेयर बानियाँले विद्यालयको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षामा अझै बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा भैसकेको स्मरण गराउनुहुदै यस्ता सांस्कृतिक र शैक्षिक क्रियाकलापबाट बालमैत्री घोषणाले सार्थकता पाउनाका साथै विद्यार्थीहरूले सिक्ने अवसर प्राप्त गर्ने र उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो।

उत्सवका अवसरमा  विद्यार्थीहरूले कथा, कविता, गीत र नृत्य प्रस्तुत गरेका थिए। यस्ता प्रस्तुतिहरूले अभिभावक, शिक्षक र अतिथिहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग पुगेको थियो।

साथै, चित्रकला र हस्तकलाको प्रदर्शनी पनि आयोजना गरिएको थियो, जसले विद्यार्थी र अभिभावकको विशेष ध्यान आकर्षित गर्‍यो। उत्सवमा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु