सिन्धुपाल्चोकको भैरवकुन्ड केन्द्रबिन्दु भएर आज बिहान २ः५१ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्प आएपछि भाग्न खोज्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी घाइते भएका छन् ।
-------------- बिज्ञापन ---------------
जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार चौतारास्थित जिल्ला कारगारमा पुर्पक्षको लागि थुनामा रहेका भोटेकोशी गाउँपालिका-५ का ३३ वर्षीय स्याङ्बो तामाङ भूकम्प आउँदा आत्तिएर दोश्रो तलाबाट हाम फालेका थिए ।
हाम्फाल्दा लडेर उनको हात भाँचिएको छ । तामाङको चौतारा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको भवनमा पनि क्षति पुगेको छ साथै सीमाभेगको तुसारेमा सामान्य पहिरो खसेको छ । सुख्खा पहिरो झरेपनि अन्यतिर मानविय क्षति भने नभएकोे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभएको छ ।