[t4b-ticker]

बागमती प्रदेशसभाका सांसद बानियाँद्वारा अग्नीहोत्रा आश्रम परिसरभित्र रहेको ‘बृहस्पति भवन’ को उद्घाटन

मकवानपुर –  बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका–९, रजैयामा निर्माण गरिएको अग्नीहोत्रा आश्रम परिसरभित्र रहेको ‘बृहस्पति भवन’ को उद्घाटन गरेका छन्।

-------------- बिज्ञापन ---------------

शुक्रबार आयोजित विशेष समारोहमा भवन उद्घाटन गर्दै सांसद बानियाँले सत्यको मार्गमा हिँड्न कठिनाइ भए पनि सबैले सत्य र उचित मार्ग अपनाउनुपर्ने धारणा राखे। साथै, उनले भवन निर्माणका लागि आवश्यक बजेट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

समारोह आश्रमका संरक्षक डा. सीताराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योगपति अजयराज सुमार्गी, अरुणराज सुमार्गी, कांग्रेस बागमती प्रदेश संगठन विभाग प्रमुख माईकल रामचन्द्र अर्याल, प्रदेशसभा सदस्य पुरुषोत्तम ठकुरी, कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महत, मनहरी गाउँपालिका कांग्रेस सभापति प्रकाश वर्तौला, ताराप्रसाद चौलागाईंलगायतका व्यक्तित्वको उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु