चीनले अमेरिकासँग कुनै पनि प्रकारको युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै चिनियाँ सामानहरूमा थप कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु व्यापार युद्धको नजिक पुगेका छन् ।
-------------- बिज्ञापन ---------------
अमेरिकी करको बदलामा चीनले पनि अमेरिकी कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशतसम्म कर लगाएर तुरुन्तै प्रतिकार गरेको छ । यदि अमेरिकाले युद्ध चाहेको हो भने कर युद्ध, व्यापार युद्ध वा अन्य जुनसुकै प्रकारको युद्ध लड्न आफु तयार रहेको चीनको उद्घोष छ ।
अमेरिकास्थित चिनियाँ दूतावासले हिजो सामाजिक सञ्जालमा सरकारी विज्ञप्तिको एक लाइन पुनः पोस्ट गर्दै यस्तो चेतावनी दिएको हो । ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेयता चीनबाट यो अहिलेसम्मकै सबैभन्दा बलियो उद्घोष हो ।