भरतपुर महानगर तीन वर्षदेखि लगातार पहिलो स्थानमा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर तीन वर्षदेखि लगातार पहिलो स्थानमा रहेको छ। आयोगले गत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा ७६।२२ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो। यसअघि आर्थिक वर्ष २०७९र८० मा ५६।२९ अंक र अघिल्लो वर्ष ७२।२२ अंक प्राप्त गर्दै भरतपुरले अन्य महानगरलाई उछिनेको थियो।

-------------- बिज्ञापन ---------------

आयोगले १७ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्छ। यसमा बजेट समयमै पेस र पारित गर्नु, खर्च व्यवस्थापन, बेरुजु फर्छ्योट, लेखापरीक्षकको सिफारिस कार्यान्वयन, स्थानीय सञ्चित कोषको व्यवस्थापन, आवधिक योजना निर्माण, राजस्वको उचित विभाजन जस्ता सूचकहरू समावेश छन्। यसका साथै, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन कर जस्ता रकमको ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिनु पर्ने आधारमा पनि मूल्याङ्कन गरिन्छ।

आयोगले स्थानीयस्तरको विकासका लागि आवधिक योजना तयार गरेको छ कि छैन भन्ने कुरा समेत मूल्याङ्कन गर्दछ। यसका अतिरिक्त, विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या र पूर्ण खोप प्राप्त बालबालिकाको सूचकहरू पनि मूल्याङ्कनमा राखिएका छन्। आयोगको मूल्याङ्कनका आधारमा आगामी आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान सिफारिस गरिन्छ।

बेरुजुसम्बन्धी सूचकमा भरतपुरले राम्रो अंक प्राप्त गरेको छ। १५ अंकको यस सूचकमा भरतपुरको अंक १४।९६ रहेको छ। सार्वजनिक महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार, ०७८र७९ मा भरतपुरमा ०।०१ प्रतिशत मात्रै बेरुजु थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित