परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ। मन्त्री राणाले भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजा गर्नुहुने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उच्च अधिकारीहरूले मन्त्री राणालाई बिदाइ गर्नुभयो।
-------------- बिज्ञापन ---------------
मन्त्री राणाले भारतको विदेश मन्त्रालयको निमन्त्रणामा आगामी मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगमा पनि सहभागिता जनाउनुहुनेछ। यस कार्यक्रममा विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ, र मन्त्री राणाले यसलाई सम्बोधन गर्नुहुने छ।
यात्राका क्रममा मन्त्री राणाले आफ्नो स्वास्थ्य जाँचको फलोअप पनि गराउने कार्यक्रम रहेको छ।