हिमाली र पहाडी भेगमा रङ्ग र लोला खेली होली पर्व मनाइँदै

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हिमाली र पहाडी भेगमा हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली होली पर्व मनाइँदैछ ।

-------------- बिज्ञापन ---------------

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ ।

केही वर्षदेखि रङ्गको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ्ग र लोला हान्ने क्रम बन्द  भएको छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागूपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ ।

होली पर्वको अवसरमा आज हिमाली र पहाडी भेगमा सार्वजनिक बिदा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने