विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।
-------------- बिज्ञापन ---------------
कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्दैछन् ।
यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । १८औं संस्करणको आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।