चलचित्र ‘पीताम्बर’ को ट्रेलर सार्वजनिक गरिएको छ। कृषा चौलागाईंको निर्देशनमा बनेको यस चलचित्रको ट्रेलरमा द्वन्द्वका दृश्यहरू प्रमुख रहेका छन्ज । ट्रेलरमा चलचित्रका सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ, जसले दर्शकलाई आकर्षित गरेको छ।
-------------- बिज्ञापन ---------------
चलचित्र ‘पीताम्बर’ मा अभिनेता प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, टीका पहाडी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। यस चलचित्रका निर्माता विशाल चौलागाईं हुन्।
चलचित्रको छायाङ्कन पुरुषोत्तम प्रधानले गरेका छन्, भने पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु नीरवीले लेखेका छन्। सम्पादन बन्दे प्रसादले गरेका छन्, र संगीत आशिष अविरल र बाबुल गिरीको संयोजनमा तयार गरिएको छ। द्वन्द्वका दृश्यहरू हिमाल केसीले निर्देशन गरेका छन्।
चलतित्र नयाँ वषको अवसर पारेर यहि चैत्र २९ गते देखि देशका धेरैजसो हलबाट प्रदर्शन हुने छ ।