आगलागी पीडितलाई चैनपुर जेसीज मनहरीको सहयोग

मकवानपुरको मनहरी गाउँपालिका ४ मसिने चुवारपाखाका एक आगलागी पीडित परिवारलाई चैनपुर जेसीज मनहरीले खाद्यान्न सहयोग गरेको छ । वनबाट सल्केको डंढेलोले घरसहित खाद्यान्न, लत्ताकपडा र खानेकुरा जलेर नष्ट भएका गणेशबहादुर गोलेको परिवारलाई खाद्यान्न सहयोग गरेको हो । बुधबार विहान एक कार्यक्रमका बीच गोलेको परिवारलाई ३ बोरा चामलसहित तरकारी, नुन, तेल, मसला, सावुन लगायतका सामग्री सहयोग गरेको हो ।

-------------- बिज्ञापन ---------------

कार्यक्रम संयोजक मिलन ढुङ्गानाको संयोजन एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

डंढेलोका कारण घर जलेर नष्ट भएपछि छिमेकीको घरमा बस्न बाध्य भएको परिवारलाई तुरुन्तै खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढकालले बताए । वडा अध्यक्ष थापाले आफ्नो वडाको आगलागी पीडितलाई सघाउ गरेकोमा जेसीजलाई धन्यवाद ज्ञापन गर्दै पीडितको घर बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वनबाट सल्केको आगोले घर जलेर नष्ट भएपछि गोलेको ५ जनाको परिवार छिमेकमा आश्रय लिएर बस्न बाध्य रहेका छन् । यसअघि वडा अध्यक्ष थापाले समेत आवश्यक खाद्यान्न सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, स्थानीय समाजसेवी माधव गौतम, मानबहादुर थिङ, मंगलबहादुर मुक्तानलगायतको आतिथ्यता रहेको जेसीजका महासचिव सुरेश गौतमले जानकारी दिए ।

पशुपति माविका अध्यक्ष समेत रहेका गौतमले आगलागी पीडित परिवारको विद्यार्थीका लागि भर्ना निशुल्क गर्नुका साथै विद्यालय पोशाक र स्टेसनरी सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा समुन्द्र फार्मेसी हेटौंडा १९ ले आगलागी पीडितसहित स्थानीयवासीको निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि समेत वितरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने