लगातार तीन दिनसम्म उकालो लागिरहेको नेपाली शेयर बजारमा आज भने गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज १६।६८ अङ्कले घट्दै २,७०६.०४ विन्दुमा झरेको छ। नयाँ वर्ष २०८२ यता यो पहिलो पटक बजारमा गिरावट देखिएको हो।
-------------- बिज्ञापन ---------------
आजको कारोबारमा उत्पादन र व्यापार समूह बाहेक सबै समूहको सूचक ओरालो लागेको छ। विशेषगरी फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र अन्य समूहका सूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।
आज सबैभन्दा धेरै गिरावट हिमालयन पावर पार्टनर र बलेफी हाइड्रोपावर कम्पनीको शेयरमा देखिएको छ, जसको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ। बजार समग्र रूपमा घटेको दिन पनि केही कम्पनीका शेयरले उल्लेख्य वृद्धि देखाएका छन्। नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ। गएको बिहीवार १० अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३२८ कम्पनीका २ करोड १३ लाख कित्ता शेयर ८ अर्ब ४३ करोड रुपैयाँमा मात्रै किनबेच भएका छन्।