मतदाता नामावली अद्यावधिकका लागि आयोगको आग्रहः वैशाख मसान्तमा अन्तिम नामावली प्रकाशन हुने

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण मतदाता र सरोकारवाला निकायहरूलाई सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ। आयोगले अनलाइन प्रणाली तथा सम्बन्धित निर्वाचन कार्यालयमार्फत निवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ।

-------------- बिज्ञापन ---------------

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, “निर्वाचन आयोगबाट स्वीकृत ुमतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ु अनुसार कार्यक्रम संचालनमा आएको हो। यसअन्तर्गत गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकको विवरण वैशाख १ गतेदेखि अद्यावधिक प्रक्रिया थालिएको छ।”

प्रारम्भिक नामावली आयोगको वेबसाइट धधध।भभिअतष्यल।नयख।लउ मा सार्वजनिक भइसकेको छ। अद्यावधिक प्रक्रिया सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशित गरिने प्रवक्ता अर्यालले जानकारी दिइन्।

मतदाता नामावली अद्यावधिक प्रयोजनका लागि प्रारम्भिक सूचीमा त्रुटि भए सच्याउन, दोहोरो नाम भए हटाउन, मृत्यु भएका वा नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाउन वैशाख ७ देखि १४ गतेसम्म निवेदन दिन सकिने आयोगले स्पष्ट पारेको छ। यसका लागि सम्बन्धित निर्वाचन कार्यालयमा गई वा अनलाइनमार्फत आवेदन दिन सकिनेछ।

आयोगले यस अभियानमा सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै नागरिक अधिकारको सुरक्षार्थ यो प्रक्रिया महत्वपूर्ण रहेको जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै