शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामा, शिक्षक आन्दोलन जारी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सोमबार औपचारिक रूपमा राजीनामा दिएकी छन्। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शनमा उत्रिएका शिक्षकहरूको आन्दोलन समाधान गर्न सकेको आरोपमा उनले राजीनामा दिएकी हुन्।

-------------- बिज्ञापन ---------------

मन्त्री भट्टराईनिकट स्रोतका अनुसार आन्दोलन चर्कँदै जाँदा कक्षा १२ को परीक्षा अबरुद्ध हुने अवस्था आएपछि उनले आफ्नो पद त्याग्ने निर्णय गरेकी हुन्। आन्दोलन समाधानका लागि पटक–पटक प्रधानमन्त्रीसँग पहल गरे पनि सुनुवाइ नभएको भन्दै मन्त्री परिषद्बाट बाहिरिएको बुझिएको छ।

एक निकट स्रोतले मन्त्री भट्टराईको भनाइ उद्धृत गर्दै भनेको छ, ूविद्यार्थीको भविष्यमाथि खेलबाड हुँदैछ। त्यसको कारण अरु नै छन्, तर अपजस हामीले पाउनुपर्नेछ। यस्तो अवस्थामा पदमा बसिरहन उचित हुँदैन।ू

प्रधानमन्त्री कार्यालयले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर, शिक्षामन्त्रीको राजीनामाले सरकारको शिक्षानीति र शिक्षक आन्दोलनबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै