कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।
-------------- बिज्ञापन ---------------
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा केही दिन पर सार्न प्रधानमन्त्रीले आग्रह गरेको उनको सचिवालयले जानकारी दियो ।
शिक्षा सचिव काफ्लेले प्रधानमन्त्रीलाई भेटेर फर्किएको र बोर्डको बैठक बसेर परीक्षाको विषयमा निर्णय लिने बताए । बोर्डको बैठकले वैशाख ११ देखि तय भएको परीक्षा स्थगित गर्ने सम्भावना रहेको छ ।