नेपाल चिकित्सक सङ्घको आह्वानमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प

नेपाल चिकित्सक सङ्घले देशभरका सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज र क्लिनिकमा आकस्मिक तथा सघन उपचार सेवाबाहेकका सम्पूर्ण सेवा आजदेखि ठप्प पार्ने घोषणा गरेको छ।

-------------- बिज्ञापन ---------------

सङ्घले आज जारी गरेको विज्ञप्तिमा आवासीय चिकित्सकहरूले लामो समयदेखि निर्वाह भत्ता नपाएको र विभिन्न ठाउँबाट धम्कीहरू आइरहेको कारण आन्दोलनको विकल्प नरहेको उल्लेख गरिएको छ। सङ्घका अनुसार अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछ।

निजी मेडिकल कलेजहरूमा अध्ययनरत पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सकहरूले निर्वाह भत्ता नपाएको भन्दै केही दिनदेखि प्रदर्शन गरिरहेका छन्। उनीहरूले चिकित्सा शिक्षा आयोगद्वारा तय गरिएको आठौँ तहअनुसारको भत्ता उपलब्ध गराउन माग गर्दै आएका छन्।

हिजो पनि चिकित्सकहरूले काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आफूहरू श्रम शोषणको शिकार भएको बताएका थिए। उनीहरूले आफूहरूको सेवामूल्य, भत्ता र सम्मानका लागि आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित