[t4b-ticker]

एनआरएनए घटनाक्रमप्रति संस्थापक ढकालको गम्भीर ध्यानाकर्षण, संयम र जिम्मेवारीका लागि अपिल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक चिरञ्जीवी ढकालले संघमा हाल देखिएको घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले नेतृत्वका लागि देखिएको प्रतिस्पर्धाले संघलाई गम्भीर संकटमा पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

-------------- बिज्ञापन ---------------

ढकालका अनुसार करिब दुई दशकअघि नेपालको समृद्धिको परिकल्पनासहित स्थापना गरिएको संघ अहिले आपसी होडबाजी र असहमतिका कारण आफ्नै अस्तित्व संकटमा परेको छ। संघको १०औं महाधिवेशनमा देखिएको विवाद तथा त्यससम्बन्धी सर्वोच्च अदालतका दुईवटा फैसलाको भावनाविपरीत मे ३ मा एकताका नाममा तय गरिएको अधिवेशनले संघलाई विभाजनको संघारमा पुर्‍याएको उनले टिप्पणी गरेका छन्।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले समेत उक्त अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको स्मरण गराउँदै ढकालले सो निवेदनलाई बेवास्ता गर्दै संघका पूर्वअध्यक्ष शेष घलेले एकल प्रयासमा अधिवेशन गर्न खोज्नु निन्दनीय रहेको बताएका छन्। विदेशस्थित राष्ट्रिय समिति, संस्थापक सदस्यहरू, वर्तमान कार्यसमिति र सर्वोच्च अदालतको भावना विपरीत हुने कुनै पनि गतिविधिलाई उनले गैरउचित भनेका छन्।

ढकालले संघको विधानअनुसार आगामी अक्टोबर महिनामा १२औं महाधिवेशन सम्पन्न गर्न आग्रह गर्दै संघको स्थायित्व, एकता र विश्वसनीयता जोगाउन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न अपिल गरेका छन्।

संघको भविष्य सुनिश्चित गर्न अहिल्यै सहमतिमा अघि बढ्नुपर्ने बेला आएको उनले स्पष्ट पारेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु