हेटौंडाको गैरीगाउँमा बोलेरो गाडी सडकसहित भासियो, चालक–सहचालक सकुशल

हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरीगाउँस्थित भित्री कच्ची सडकखण्डमा एक बोलेरो गाडी सडकसहित भासिएको छ। घाँस काट्ने मेसिन बोकेको ना ४ च ४८३३ नम्बरको उक्त बोलेरो गाडी शुक्रबार दिउँसोको समयमा सडक भासिँदा पानीको दहमा हराएको हो।

-------------- बिज्ञापन ---------------

घटनामा गम्भीर मानवीय क्षति नभए पनि गाडी पूर्ण रूपमा हराएको पुष्टि भएको छ। प्रत्यक्षदर्शीका अनुसार गाडी सडकमा भासिन थालेको करिब ५ सेकेण्डमै हराएको हो। गाडीका चालक र सहचालक भने भासिनुअघि नै गाडीबाट निस्केर जोगिन सफल भएका छन्।

स्थानीयवासी तथा प्रहरी स्रोतका अनुसार गाडी भासिएको स्थानको छेउमै माछापालनका लागि खनिएको बोरिङ रहेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार सोही बोरिङका कारण जमिन कमजोर भई सडक भासिएको हुनसक्ने आशंका गरिएको छ। घटनास्थलको निरीक्षण गर्ने क्रममा बोरिङ पनि भासिएको पुष्टि गरिएको छ।

घटना स्थलमा अहिले ठूलो पानीको दह बनेको छ, जसका कारण गाडीको कुनै भाग देखिएको छैन। घटनापछि मकवानपुर प्रहरीले तत्काल डाइभर्सन बनाएर पानी कटाउने कार्य थालेको छ। पानी हटाएपछि मात्र गाडीको सही अवस्थाबारे जानकारी पाउन सकिने बताइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित