बच्चाको सानो पेट दुख्दा अभिभावक अत्यन्त चिन्तित हुन्छन्। कहिले सामान्य ग्यास्ट्रिक जस्तो देखिने लक्षण गम्भीर रोगको संकेत हुन सक्छ भने कहिले सामान्य सावधानीले पनि ठूलो समस्या टर्न सक्छ । हेटौंडास्थित निको अस्पताल (तमु फार्मेसी) लामो समय देखि स्वास्थ्य सेवा, परामर्श, उपचार दिन सक्रिय रूपमा अघि बढिरहेको स्वास्थ्य संस्था हो । यस अस्पतालमा कार्यरत नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. विकल्प बर्तौला लामो अनुभव र दक्षतासहित बालबालिकाको स्वास्थ्य उपचार तथा रामर्श सेवा दिँदै आउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा पुर्याउनुभएको लामो अनुभवको आधारमा बालबालिकासम्बन्धी रोगहरूमा जनचेतना फैलाउने उद्देश्यले यो लेख तयार पार्नुभएको छ ।
-------------- बिज्ञापन ---------------
बच्चाहरूमा पेट दुख्ने समस्या धेरै नै सामान्य छ। कुनै समयमा यो केही घण्टा वा केही दिनसम्म मात्र हुन्छ र आफै ठीक हुन्छ। तर, कहिलेकाहीँ यो गम्भीर रोगको संकेत पनि हुन सक्छ। अभिभावकहरूले यसलाई बेवास्ता गर्नु हुँदैन किनभने केही अवस्थामा यसले जीवनलाई नै खतरा पुर्याउन सक्छ। यस लेखमा हामी बच्चाहरूमा पेट दुख्ने विभिन्न कारणहरू, त्यसका लक्षण, जाँच र उपचारका बारेमा विस्तृत जानकारी दिनेछौं।
१. ग्यास्ट्रोएन्टेराइटिस (पेटको संक्रमण)
यो भाइरस वा ब्याक्टेरियाको संक्रमणले हुन्छ । बच्चाहरूमा यो धेरै पाइन्छ, विशेष गरी साना बच्चाहरूमा ।

लक्षणहरूः
पेट दुख्ने
बारम्बार दिसा लाग्ने (पातलो दिसा)
उल्टी हुने
ज्वरो आउने
शरीर दुर्बल हुने
के गर्ने?
बच्चालाई धेरै तरल पदार्थ (पानी, ओआरएस, सुप) दिने
हल्का खाना (भात, दही, केरा) दिने
यदि उल्टी र दिसा धेरै भएमा डाक्टरलाई देखाउनु पर्छ
२. कब्जियत
धेरै फाइबर नखाएको, पानी कम पिइएको वा दूध मात्र खाएको बच्चाहरूमा यो समस्या हुन्छ।
लक्षणहरूः
पेट फुल्ने
दिसा गर्न गाह्रो हुने
पेट दुख्ने
बच्चा रिसाउने
के गर्ने?
फल, तरकारी, अन्न, दाल धेरै खुवाउने
पानी धेरै पिउने बानी लगाउने
केही दिनसम्म दिसा गर्न नसकेमा डाक्टरको सल्लाह अनुसार औषधि खुवाउने
३. मेसेन्टेरिक लिम्फेडेनाइटिस (पेटको गाँठाहरू सुनिने)
बच्चाहरूमा पेट दुख्ने एउटा आम कारण हो। यसमा पेटभित्र रहेका लिम्फ नोडहरू (साना गाँठाहरू) सुनिन्छन्, जसले गर्दा दुखाइ हुन्छ। यो प्रायः भाइरल संक्रमणले हुन्छ।
लक्षणहरूः
नाभिको दायाँ वा मध्य भागमा दुखाइ
ज्वरो
उल्टी
भोक नलाग्ने
जाँच र उपचारः
डाक्टरले अल्ट्रासाउन्ड गरेर यसको निदान गर्छन्।
धेरैजसो यो आफैँ १–२ हप्तामा ठीक हुन्छ।
दुखाइ कम गर्न पेनकिलर दिइन्छ।
यदि ब्याक्टेरियल संक्रमण छ भने एन्टिबायोटिक दिन सकिन्छ।
४. जुकाको संक्रमण
पेटमा जुकाले गर्दा पनि दुखाइ हुन सक्छ, विशेष गरी रातिपेट दुख्ने, भोक नलाग्ने, तौल नबढ्ने हुन्छ।
बच्चाहरूमा पेट दुख्ने गम्भीर कारणहरू
१. इन्टसेप्सन (आन्द्रा एक आपसमा घुस्ने)
यो धेरै गम्भीर र आपतकालीन अवस्था हो। यसमा आन्द्राको एक भाग अर्को भागभित्र घुस्छ, जसले गर्दा रक्त प्रवाह रोकिन्छ र आन्द्रा नष्ट हुन सक्छ। यो ३ महिनादेखि ३ वर्षसम्मका बच्चाहरूमा बढी देखिन्छ।
लक्षणहरूः
अचानक पेट दुख्ने (बच्चा रुँदै पेट समात्छ, केही समय ठीक हुन्छ, फेरि दुख्छ)
उल्टी हुने (पहिले खाना, पछि पित्त वा हरियो तरल)
दिसामा रगत वा जेलीजस्तो म्युकस आउने
बच्चा सुस्त हुने, ज्वरो आउने
जाँच र उपचारः
अल्ट्रासाउन्ड गरेर पत्ता लाग्छ
कहिलेकाहीँ बेरियम एनिमा (एक प्रकारको एक्स–रे) गर्दा यो समस्या आफैँ ठीक हुन्छ।
यदि ठीक हुँदैन भने अपरेशन गर्नुपर्छ।
२. एपेन्डिसाइटिस (एपेन्डिक्स सुनिने)
एपेन्डिक्स भनेको सानो आन्द्राको टुक्रा हो। यदि यो सुनिन्छ भने पेट दुख्न थाल्छ। यदि उपचार नगरिएमा एपेन्डिक्स फुट्न सक्छ, जसले गर्दा जानलेवा हुन सक्छ।
लक्षणहरूः
पेटको दायाँ तल्लो भागमा तीव्र दुखाइ
ज्वरो
उल्टी
भोक नलाग्ने
जाँच र उपचारः
डाक्टरले पेट परीक्षण गरेर बुझ्न सक्छन्।
अल्ट्रासाउन्ड वा सीटी स्क्यान गरिन्छ।
अपरेशन गरेर एपेन्डिक्स निकाल्नुपर्छ।
३. पेटमा घाउ (अल्सर) वा ग्यास्ट्राइटिस
केही बच्चाहरूमा पेटको भित्री भागमा घाउ बन्छ, जसले गर्दा पेट दुख्ने हुन्छ। यो प्रायः एसिडिटी, केही औषधि वा संक्रमणले हुन सक्छ।
लक्षणहरूः
खाली पेटमा दुखाइ
राति पेट दुख्ने
उल्टी हुने
खाना खाएपछि आराम लाग्ने
जाँच र उपचारः
एन्डोस्कोपी (पेटको क्यामेरा जाँच)
एसिड कम गर्ने औषधि दिइन्छ।
अन्य महत्त्वपूर्ण कारणहरू

४. फुड एलर्जी
केही बच्चाहरूमा गहुँ, दूध, अण्डा जस्ता खानाले एलर्जी हुन सक्छ।
लक्षणहरूः
पेट दुख्ने
छालामा दाना निस्कने
उल्टी वा दिसा लाग्ने
५. यूरिनरी ट्र्याक्ट इन्फेक्सन (ग्त्क्ष्)
मूत्रमार्गमा संक्रमण भएमा पनि पेट दुख्न सक्छ।
लक्षणहरूः
पिसाब गर्दा दुख्ने
बारम्बार पिसाब लाग्ने
पेटको तल्लो भागमा दुखाइ
कहिले डाक्टरको सल्लाह लिने?
यदि बच्चामा यी लक्षणहरू देखिन्छन् भने तुरुन्त अस्पताल जानुपर्छः
पेट दुख्ने सँगै उच्च ज्वरो (१०१ड्ढँ भन्दा माथि)
उल्टी र दिसा धेरै भएर बच्चा कमजोर हुँदै गइरहेको भए
पिसाब नगर्ने वा कम गर्ने तथा आँखा गड्ने (डिहाइड्रेसन)
पेट फुल्ने र स्पर्श गर्दा दुख्ने
दिसा वा उल्टीमा रगत आउने
बच्चा सुस्त छ वा बेहोस हुँदै गइरहेको छ
केही नखाने, पिउने चाहना नहुनु
जाँचहरू
रक्त परीक्षण (ऋद्यऋ, ऋच्ए)ः संक्रमण, एनीमिया वा अन्य समस्या पत्ता लगाउन
अल्ट्रासाउन्डः पेटको आन्तरिक अंगहरू हेर्न
एक्स–रे÷ऋत् स्क्यानः गम्भीर अवस्थामा गरिन्छ
स्टूल टेस्टः संक्रमण, दिसामा रगत वा पाचन समस्या पत्ता लगाउन
पिसाब परीक्षण पिसाब संक्रमणको पहिचानका लागि
उपचार र सावधानीहरू
आरामः बच्चालाई धेरै आराम गर्न दिने
तरल पदार्थः डिहाइड्रेसन नहोस् भनेर ओआरएस वा पानी दिने
हल्का खानाः दही, भात, सुप जस्ता सजिलै पच्ने खाना दिने
औषधिः डाक्टरको सल्लाह बिना कुनै पनि दुखाइ नाशक औषधि नदिने
अन्त्यमा
बच्चाहरूमा पेट दुख्ने धेरै कारण हुन सक्छन्। सामान्य अवस्थामा घरमै उपचार गर्न सकिन्छ, तर खतरनाक लक्षण देखिएमा चाँडै डाक्टरको सल्लाह लिनुपर्छ । अभिभावकहरूले बच्चाको स्वास्थ्यप्रति ध्यान दिनु जरूरी छ ।
बालबालिकाको हेरचाहमा ’सावधानी नै सुरक्षा हो’ भन्ने मूल मन्त्र अपनाऔं ।
“नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. विकल्प बर्तौला हाल हेटौडा अस्पतालको बाल रोग विभाग तथा निको अस्पताल (तमु फार्मेसी)मा कार्यरत हुनुहुन्छ।”