बागमती प्रदेश सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।
-------------- बिज्ञापन ---------------
प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।