डेंगु संक्रमणको जोखिम सतर्कता अपनाउन आग्रह

पानी पर्न थालेकाले डेंगी संक्रमणको जोखिम बढ्ने सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेंगी संक्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरे ।

-------------- बिज्ञापन ---------------

अबको १५ देखि २० दिनसम्म डेंगी संक्रमण हुने खतरा रहेको छ,’ उनले भने ।

स्वास्थ्य कार्यालयले स्थानीय तहलाई पानी जम्न नदिन र लामखुट्टे नष्ट गर्न अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, घर वरिपरि पानी जम्न नदिन, झ्याल ढोकामा जाली हाल्न, झुलको प्रयोग गर्न र लामो बाहुला भएका लुगा लगाउन पनि सिफारिस गरिएको छ।

डेंगुका सामान्य लक्षणहरूमा उच्च ज्वरो, टाउको दुखाइ, आँखाको गेडी दुखाइ, शरीरका जोर्नी र मांसपेशी दुखाइ, राता बिमिरा आउनु, वाकवाकी लाग्नु र बान्ता हुनु आदि पर्दछन्। यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने